Saturday, February 27Nepal News Portal
Shadow

२४ घण्टामा थप ७४३ जनामा कोरोना पुष्टि


काठमाडौं, पुस ८ (ससं) । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म २ लाख ५५ हजार ९७९ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म पीसीआर परीक्षणको संख्या १८ लाख ९० हजार ७४० छ । देशभरी सक्रिय संक्रमितको संख्या ७ हजार ५१५ छ । २४ घण्टामा ६ हजार ५५९ पीसीआर परीक्षण भएका छन् । क्वारेन्टाइनमा रहनेको संख्या ४०९ रहेको छ ।

त्यसैगरी २४ घण्टामा ९ सय ५२ जना कोरोनामुक्त भएका छन् । योसँगै हालसम्म कोरोना संक्रमणबाट मुक्त भइ २ लाख ४६ हजार ६६१ जना घर फर्किसकेका छन् ।

२४ घण्टामा ५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८०३ पुगेको छ ।

Total Page Visits: 1 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्