Monday, March 8Nepal News Portal
Shadow

बैतडीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते


काठमाडौं, पुस ९ (ससं) । बैतडीको सुनर्या गाउँपालिका–७ आलुगैरामा आज बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

बिहान ५ बजेतिर से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बुङ्गल नगरपालिका–११ घर भएका २७ वर्षीय चालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा बैतडी पुर्चौडी नगरपालिका–४ घर भएका ३५ वर्षीय जनकराज भट्ट, सोही ठाउँ घर भएका ४० वर्षीय गङ्गादत भट्ट र बझाङको वित्थडचिर गाउँपालिका घर भएका २८ वर्षीया हरिस बोहरा घाइते भएका छन् ।

बैतडीको सुनर्या गाउँपालिका–७ आलुगैरा भन्ने ठाउँमा धनगढीबाट बझाङ आउने क्रममा जीप अनियन्त्रित भएर सडकभन्दा १५० मिटर तल खसेको थियो ।
गम्भीर घाइते भएका जनकराज र गङ्गादत्तलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Total Page Visits: 6 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्