Sunday, March 7Nepal News Portal
Shadow

प्रभु बैंकको लाभांश पाउन आजसम्म सेयरधनी बनिसक्नुपर्ने


 

काठमाडौं, पुस ९ (ससं) । प्रभु बैंकको लाभांश पाउन आजसम्म सेयरधनी बनिसक्नुपर्ने छ । लाभांश सुरक्षित गर्ने आज (पुस ९ गते बिहीबार ) अन्तिम दिन हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्न तथा साधारण सभा प्रयोजनका लागि पुस १० गतेदेखि बुक क्लोज गर्दैछ ।
सोही अनुसार बिहीबारसम्म कायम सेयरधनीले मात्रै बैंकले प्रस्ताव गरेको लाभांश पाउनेछन् । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले लाभांश पारित गर्नको लागि पुस २६ गते वार्षिक साधारण सभा बोलाएको छ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८९ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । हाल यसको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ रहेको छ । बोनस वितरण पश्चात बैंकको चुक्ता पुँजी ११ अर्ब ३४ करोड ७० लाख रुपैंया पुग्नेछ । प्रभुको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ९६ पैसा छ भने प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ३० पैसा रहेको छ ।

Total Page Visits: 5 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्