Friday, March 5Nepal News Portal
Shadow

प्रदेश १ को संसद्‍मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता


काठमाडौं, पुस १२ (ससं) । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध त्यहाँको प्रदेश संसद्‍मा अविश्वासको प्रस्ताव दर्ता भएको छ। आज बिहान १० बजेर ४७ मिनेटमा अविश्वासको प्रस्ताव दर्ता भएको हो।

दर्ता गराउने सत्तारूढ पार्टी नेकपाकै असन्तुष्ट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षीय सांसदहरू हुन्। प्रदेश संसद् सचिवालयका सूचना अधिकारीले ३७ जना सांसद्ले अविश्वास प्रस्ताव दर्ता गराएको बताएका छन्।

प्रदेश सभामा जम्मा ९३ जना सांसद् छन्। र अविश्वासको प्रस्ताव दर्ता गराउने सबै सांसदहरू ‘प्रचण्ड–नेपाल’ समूहका हुन्।
अविश्वास प्रस्ताव दर्ता गराउने सांसद्हरूले सांसद् भीमप्रसाद आचार्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव पनि गरेको छ। बाँकी कारबाही प्रदेश सभा नियमावली अनुसार हुने प्रदेश सचिवालयले जनाएको छ।

Total Page Visits: 4 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्