काठमाडौं, पुस १२ (ससं)। नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये थप ७३१ जना निको भएका छन्।
गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका उनीहरू कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या दुई लाख ४९ हजार ८६३ पुगेको छ। संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ।
विभिन्न अस्पतालमा उपचाररत उनीहरूको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ८२५ पुगेको छ।
Total Page Visits: 22 - Today Page Visits: 2