काठमाडौं, पुस १३ (ससं)। कञ्चनपुरको पुनर्वास नगरपालिका–१मा एक वृद्धा मृत फेला परेकी छिन्।
७१ वर्षीया खण्टी भुल आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी हुन्।
वृद्धाको हत्या भएको हुन सक्ने अनुमान गरिएको छ। प्रहरीले तीनजनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ।
शंका लागेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
Total Page Visits: 22 - Today Page Visits: 1