Monday, March 1Nepal News Portal
Shadow

२४ घण्टामा थप ६५९ जनामा कोरोना पुष्टि


काठमाडौं, पुस १३ (ससं) । पछिल्लो २४ घण्टामा देशभर ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ५ हजार ५७८ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख १५ हजार २३२ पीसीआर परीक्षण भएका छन् । योसँगै देशभर संक्रमितक संख्या २ लाख ५८ हजार ८४० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ४४५ छ भने क्वारेन्टाइनमा ३६९ जना रहेका छन् ।

त्यसैगरी २४ घण्टामा ७१८ जना निको भइ डिस्चार्ज भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ७ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८३२ रहेको छ ।

Total Page Visits: 5 - Today Page Visits: 3
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्