Thursday, March 4Nepal News Portal
Shadow

सुनको भाउ तोलामा १०० ले बढ्यो


काठमाडौं, पुस १५ (ससं)। हिजो मंगलबार प्रतितोला ८०० रूपैयाँले घटेको सुनको भाउ आज बुधबार तोलामा १०० रूपैयाँले बढेको छ।

जसअनुसार आज सुनको भाउ प्रतितोला ९४ हजार २०० रूपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउमा आज तोलामा सामान्य वृद्धि आएको हो। महासंघका अनुसार आज तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ७०० रूपैयाँ कायम भएको छ।

सुनको भाउ तोलामा १०० रूपैयाँले बढेको दिन आज चाँदीको भाउ पनि उकालो लागेको छ।

हिजो तोलामा एक हजार ३०० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार ३०५ रूपैयाँ तोकिएको छ।

Total Page Visits: 5 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्