Tuesday, March 9Nepal News Portal
Shadow

२४ घण्टामा थप ५११ जनामा कोरोना पुष्टि


काठमाडौं, पुस १५ (ससं) । पछिल्लो २४ घण्टामा देशभर ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा २०४ जना महिला र ३०७ जना पुरुष रहेका छन् ।

२४ घण्टामा ५ हजार ११० पीसीआर परीक्षण भएको थियो भने हालसम्म १९ लाख २६ हजार ४७७ पीसीआर परीक्षण भएका छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ३०० छ भने क्वारेन्टाइनमा ३६२ जना रहेका छन् ।

 

त्यसैगरी २४ घण्टामा ६०० जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५१ हजार ९१२ पुगेको छ ।

२४ घण्टामा कोरोनाबाट ७ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८४७ रहेको छ ।

Total Page Visits: 5 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्