Monday, March 8Nepal News Portal
Shadow

मुकेश ढकाल फिल्म ‘सरप्राइज’मा


काठमाडौं, पुस १६ (ससं) । पछिल्लो समय अमेरिका रहेको अभिनेता मुकेश ढकाल फिल्म ‘सरप्राइज’मा देखिने भएका छन् । धनेन्द्र रसाइलीको निर्देशन रहेको फिल्ममा आफ्नो अभिनय रहेको मुकेशले सामाजिक संजाल मार्फत जानकारी दिएका हुन् ।

फिल्ममा मुकेशका अलावा लाउरा घिमिरे, आशिष दयाली, धनेन्द्र रसाइली, मिलन खवास, विवेक घिमिरेलगायतको अभिनय रहेको छ ।

प्रेमकथामा बन्न लागेको फिल्ममा पुष्प गजमेरको संगीत, राजेन्द्र विस्टको छायांकन र कामी कान्छाको कथा, संवाद तथा पटकथा रहेको छ ।

गत २३ डिसेम्बरबाट छायाँकन सुरु भएको फिल्मका निर्देशक धनेन्द्र रसाइली हुन् । करिब दर्जन बढी फिल्म अभिनय गरेका मुकेश लामो समयपछि अभिनयमा फर्किएका हुन् ।

Total Page Visits: 19 - Today Page Visits: 2
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्