Friday, March 5Nepal News Portal
Shadow

चन्द्रागिरि हिल्सले आगामी २४ गतेदेखि आईपीओ निष्कासन गर्ने


काठमाडौं, १७ पुस (ससं) । चन्द्रागिरि हिल्स लिमिटेडले आगामी २४ गतेदेखि साधारण शेयर (आईपीओ) विक्री खुला गर्ने भएको छ । कम्पनीले निष्कासन गर्न लागेको प्रतिकित्ता रु. १०० अंकित आईपीओमा सर्वधारणले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिने छ ।

कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ता शेयर मध्ये ४ प्रतिशत कर्मचारीहरुका लागि र ५ प्रतिशत शेयर सामुहिक लगानी कोषहरुमा बाँडफाँड गरी बाँकी रहेको १३ लाख ९६ हजार ४४ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिने भएको हो । उक्त आईपीओमा पुस २४ गतेदेखि छिटोमा पुस २८ गतेसम्म र ढिलोमा माघ १० गतेसम्म आवेदन दिन सकिने छ । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

उक्त आईपीओले ईक्रा नेपालबाट ईक्रा एनपी आई आर डबल बी रेटिङ प्राप्त गरेको छ । कम्पनीले यस अघी नै प्रभावित क्षेत्रका सर्वसाधारणलाई आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।

 

Total Page Visits: 15 - Today Page Visits: 2
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्