Tuesday, March 9Nepal News Portal
Shadow

२४ घण्टामा ४२६ जनामा कोरोना पुष्टि, ८ को मृत्यु


काठमाडौं, पुस १७ (ससं) । पछिल्लो २४ घण्टामा देशभर ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा १५३ जना महिला र २७३ जना पुरुष रहेका छन् ।

२४ घण्टामा ५ हजार २२५ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ३७ हजार ७०२ पीसीआर परीक्षण भएका छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६१ हजार १९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ४८ छ भने क्वारेन्टाइनमा ३६७ जना रहेका छन् ।

त्यसैगरी २४ घण्टामा ७४८ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५३ हजार १०७ पुगेको छ ।

२४ घण्टामा कोरोनाबाट ८ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८६४ रहेको छ ।

Total Page Visits: 8 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्