Monday, March 8Nepal News Portal
Shadow

मोटरसाइकलबाटै थुतेर एक महिलालाई बाघले लग्यो


काठमाडौं, पुस १८ (ससं) । मोटरसाइकलमा सवार एक महिलालाई बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बाघले थुतेर लगेको छ।
कैलाली जिल्लाको लम्किचुहा नगरपालिका वडा नं. ४ कौवापुर की ५० बर्षीया नन्दकली थापालाई बाघले मोटरसाइकलबाटै थुतेर लगेको जिल्ला प्रहरी कार्यालय बर्दियाले बताएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल उनका छोरा २२ वर्षीय सन्तोष थापाले चलाएका थिए।
बाघले मोटरसाइकलबाट आमालाई लगेपछि सन्तोष भागेर निकुञ्जका सुरक्षाकर्मीलाई खबर गरेकोप्रहरीले जनाएको छ । उनलाई भने सामान्य चोट लागेको छ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत शुक्रबार राति १० बजेतिर पूर्वबाट पश्चिम भुरीगाउँबाट चिसापानीतर्फ जाँदै गरेको सु.प.प १००८ प. ६८०१ नम्बरको मोटरसाइकलको पछाडि थापा सवार थिइन्।

घटनास्थल पूर्वपश्चिम राजमार्ग अन्तर्गत निकुञ्जभित्र पर्ने नेपाली सेनाको अम्रेनी चेक पोष्टभन्दा करिब ५-६ किलोमिटर पश्चिममा रहेको जिल्ला प्रहरीले जानकारी दिएको हो।

Total Page Visits: 28 - Today Page Visits: 4
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्