Thursday, March 4Nepal News Portal
Shadow

२४ घण्टामा थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु


काठमाडौं, पुस १८ (ससं) । पछिल्लो २४ घण्टामा थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २ लाख ६१ हजार ४३८ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ७५० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ५३ हजार ८५७ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ५ हजार ७११ छ ।

 

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ४२ हजार ७०२ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३६७ रहेको छ ।

कोरोना संक्रमणबाट २४ घण्टामा थप ६ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७० जना पुगेको छ ।

Total Page Visits: 16 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्