Tuesday, March 2Nepal News Portal
Shadow

महिलाको कहाँ कोठी भयो भने शुभ कहाँ भए अशुभ


काठमाडौं, पुस १९ (ससं) । हरेक ब्यक्तिको शरीरको कुनै न कुनै भागमा कोठी हुन्छ । अधिकाँशको जन्मिदा नै यस्तो कोठी हुन्छ । कसैको गालामा हुन्छ त कसैको शरीरमा हुन्छ । यस्ता चिन्हले हाम्रो भविष्य र चरित्र पनि बताउने शास्त्रमा उल्लेख छ ।

गालामा हुने कोठी
गालाको दायाँ भागमा हुने कोठीलाई शुभ मानिन्छ । यसले तपाइँलाई खराव नजरबाट बचाउने विश्वास गरिन्छ । बाया तिरको कोठी भने अशुभ हुन सक्ने ठानिन्छ ।

निधारमा हुने कोठी
निधारमा कोठी हुनेलाई टेन्सन हुने मानिन्छ । निधारको बायाँ भागमा हुने कोठीले जीवनमा कष्ट र तनावको संकेत गर्छ । तर दायाँ भागमा कोठी भएमा भने यसले सुख र खुशी दिने मानिन्छ ।

आँखी भौंमा हुने कोठी
आँखी भौंको बिचमा कोठी भएमा यो शुभ मानिन्छ । यसले दाम्पत्य जीवन सुखद् हुने संकेत गर्छ ।

ओंठमा हुने कोठी
ओंठमा हुने कोठी कामुकताको प्रतिक मानिन्छ । यसले जीवन विलाशी हुने संकेत पनि गर्छ । यस्ता महिला कामुक हुने मानिन्छ । यस्ता महिलाले अरुलाई फसाउने समेत मानिन्छ ।

नाकमा हुने कोठी
नाकमा कोठी हुने महिला झगडालु हुन्छन् । यसले साना साना विषयमा पनि असझमदारी उत्पन्न हुने संकेत गर्छ । यद्यपी नाकमा कङ्कोठी हुने महिला मेहनती हुन्छन् । नाकको दायाँ कोठी भएमा भने यस्ता महिला शान्त र सुशील मानिन्छन् ।

चिउँडोमा हुने कोठी
महिलाको चिउँडोमा हुने कोठीले पैसा धेरै हुने संकेत गर्छ । यहाँ कोठी हुने महिला धनी हुन्छन् । यस्ता महिलालाई पैसाको कुनै कमी हुँदैन ।

तिग्रामा हुने कोठी
कुनै पनि महिलाको तिग्रा वा गुप्ताङ्ग नजिक कोठी छ भने उनीहरु विपरित लिङ्गीलाई धेरै आकर्षित हुने गर्छन् ।

नाइटोमा हुने कोठी
महिलाको नाइटोमा कोठी हुनु शुभ मानिन्छ । यसले महिला समृद्ध र धनवान हुने संकेत गर्छ । तर पेटमा हुने कोठीमा भने अशुभ मानिन्छ ।

पिठ्यूमा हुने कोठी
कुनै पनि महिलाको पिठ्यूमा कोठी छ भने त्यस्ता महिला रोामान्टिक हुन्छन् । यस्ता महिला पैसा कमाउने र खर्च गर्ने समेत हुन्छन् ।

छातीमा कोठी
महिलाको छातीमा कोठी छ भने त्यस्ता महिला प्रशन्न रहने स्वभावका हुन्छन् । उनीहरुलाई विभिन्न परिकार भोजन गर्न मन पर्छ ।

Total Page Visits: 10 - Today Page Visits: 5
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्