काठमाडौं, पुस २० (ससं) । चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि अल्का अस्पतालले धुर्मुससुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ । रंगशाला निर्माण स्थिलमा पुगेर अल्का अस्पताल अध्यक्ष कुमार थापाले धुर्मुससुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेललाई २५ लाखको चेक प्रदान गरेका हुन् । रंगशाला निर्माणमा सहयोग पुग्ने हिसाबले अस्पतालले सकेको सहयोग गरेको अध्यक्ष थापाले बताए ।
कट्टेलले थालेको एकल अभियानमा आफूहरु सहयोगी हातका रुपमा उभिन पाउँदा खुसी लागेको थापाको भनाइ छ । त्रिभुवन विश्व विद्यालयको स्वामित्वमा भरतपुरमा रहेको कृषि तथा वन विश्व विद्यालयको जग्गामा रंगशाला निर्माण भइरहेको छ ।