Thursday, March 4Nepal News Portal
Shadow

गृहजिल्ला चितवनमा गृहमन्त्री बादललाई कालोझण्डा


काठमाडौं, पुस २० (ससं) । गृहमन्त्री रामबहादुर थापा (बादल) लाई चितवनमा नेकपा प्रचण्ड–माधव नेपाल समूहका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । उनीहरुले भरतपुरको हाकिम चोकमा कालोझण्डा देखाएका हुन् । यसअघि भरतपुर विमानस्थल परिसरमा कालो बेलुन उडाएर उनको विरोध भएको थियो ।

नेकपा ओली समूहको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्न बादल सोमबार गृहजिल्ला चितवन पुगेका हुन् ।
पूर्वमाओवादी धारका बादल नेकपा विभाजित बनेपछि ओलीतिर लागेका छन् ।

Total Page Visits: 6 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्