Thursday, March 4Nepal News Portal
Shadow

२४ घण्टामा ४०३ जनामा कोरोना पुष्टि, ५९४ जना निको


काठमाडौं, पुस २० (ससं) । पछिल्लो २४ घण्टामा देशभर ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा १५९ जना महिला र २४४ जना पुरुष रहेका छन् ।

२४ घण्टामा ४ हजार ४०१ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ५२ हजार ९०३ पीसीआर परीक्षण भएका छन् । योसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६२ हजार २६२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार २८९ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन्।

 

त्यसैगरी २४ घण्टामा ५९४ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ७ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८८५ रहेको छ ।

साथै काठमाडौं उपत्यकामा १८५ जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा संक्रमित हुनेमा ८२ महिला र १०३ जना पुरुष रहेका छन् । काठमाडौंमा १४०, ललितपुरमा २१ र भक्तपुरमा २४ जना कोरोना संक्रमित देखिएका छन् ।

Total Page Visits: 3 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्