Tuesday, March 2Nepal News Portal
Shadow

कक्षा १२ को नतिजा चाँडै प्रकाशन हुने


काठमाडौं, पुस २० (ससं) । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ परीक्षाको नतिजा सकेसम्म चाँडै प्रकाशन गर्ने जनाएको छ । परीक्षा नियन्त्रकाअनुसार परीक्षाको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण कार्य सकिएको र इन्ट्री कार्य जारी रहेको छ ।

गत मंसिर ९ देखि १६ गते सम्पन्न परीक्षामा ४ लाख ३३ हजार १ सय ८० परीक्षार्थी सहभागी छन् । कोरोना भाइरस प्रभावित विद्यार्थीका निम्ति यही पुस १६ गतेबाट २३ गतेसम्म लिइँदैछ । परीक्षार्थी संख्या थोरै रहेको जनाइएको छ । ती परीक्षार्थीको नतिजासमेत एकसाथ प्रकाशन हुनेछ ।

 

कोभिड–१९ ले गर्दा विद्यार्थीको कूल सय पूर्णाङ्कमा ४० प्रतिशत अंक भारको परीक्षा लिइएको हो । सम्बन्धित विद्यालयको आन्तरिक मूल्यांकन २० प्रतिशत र कक्षा ११ को विषयगत प्राप्तांक ४० प्रतिशत रहेको छ ।

‘सम्बन्धित विद्यालयले विद्यार्थीको डाटा, सिम्बोल नम्बर भरेको हुँदा उल्टोपाल्टो देखिएकाले इन्ट्री गर्ने काम ढिलो भएको छ,’ बोर्डका सदस्यसचिवले भने, ‘इन्ट्री सकिएलगत्तै रुजु गरिनेछ । सकेसम्म पुसभित्र नत्र माघ पहिलो साता नतिजा सार्वजनिक हुनेछ ।’

Total Page Visits: 6 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्