Saturday, February 27Nepal News Portal
Shadow

त्रिविको स्नातक तहको  परीक्षा माघ १८ गतेबाट सञ्चालन हुने


काठमाडौं, पुस २२ (ससं) । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्नातक तहको २०७७ सालमा नियमित रुपमा हुने परीक्षा माघमा सञ्चालन गर्ने जनाएको छ । एक सूचना जारी गर्दै त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७७ माघ १८ गते देखि विभिन्न संकायका वार्षिक परीक्षा सञ्चालन हुने जानकारी दिएको हो ।

त्रिविले ३–४ वर्षे स्नातक तह तेस्रो वर्षको मानविकि, व्यवस्थापन, शिक्षाशास्त्र संकाय एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थान तृतीय वर्षका नियमित, प्राइभेट, पूरा, आंशिक र मौकासमेतका साथै पाँच वर्षे विए एलएलवि पूरा, आंशिक र ३ वर्षे विए एलएलवि दोस्रो वर्षका नियमित परीक्षा संञ्चालन हुन लागेको जानकारी दिएको छ ।

Total Page Visits: 3 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्