Sunday, February 28Nepal News Portal
Shadow

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको संवैधानिक इजलासमा आज बाट सुनुवाई सुरु


काठमाडौं, पुस २२ (ससं) । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको संवैधानिक इजलासमा सुनुवाई सुरु भएको छ ।

पाँच सदस्यीय संवैधानिक इजलासमा रिट निवेदनहरुमाथि सुनुवाइ सुरु भएको हो । बुधबार (आज) देखि सुनुवाई सुरु भए पनि फैसला आउनका लागि एक महिनासम्म लाग्न सक्ने छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पुस १० गते प्रतिनिसभा विघटनविरुद्धका निवेदनको सुनुवाईका लागि आफूसहितको पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका थिए ।

इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेका छन् । पुस १० मा संवैधानिक इजलासले पुस २२ गतेदेखि सुनुवाई थाल्ने आदेश भएको थियो ।

सोही दिन सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली तथा सभामुख अग्निप्रसाद सापकोटालाई लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । सो आदेश अनुसार उनीहरुले जवाफ दिइसकेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसपछि विघटन संविधान विपरित रहेको भन्दै सर्वोच्चमा विभिन्न रिट परेका हुन् ।

Total Page Visits: 1 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्