Monday, March 8Nepal News Portal
Shadow

‘निर्वाचन हुन्छ, सबै लागौं, मतभेदका जे–जे कुरा छन्, त्यो सबै निर्वाचनको परिणामले मिलाउँछ,’ : उपप्रधानमन्त्री पोखरेल


काठमाडौं, पुस २२ (ससं) । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा र सूर्य चिह्न प्रधानमन्त्री केपी ओलीकै पक्षमा हुने दाबी गरेका छन् । कानुनी रूपमा नेकपा विभाजन भइनसकेकाले प्रथम अध्यक्ष जहाँ हो, नेकपा र सूर्य त्यहीँ रहने उनको भनाई रहेको छ ।

धनुषा, सिरहा हुँदै सिन्धुली आइपुगेका उपप्रधानमन्त्री पोखरेलले बुधबार रातमाटामा आयोजित अगुवा कार्यकर्ता भेलामा वैशाखमा चुनाव हुनेमा शंका नगर्न पनि आग्रह गरेका छन् । प्रधानमन्त्रीले ताजा जनादेश लिन निर्वाचन मिति घोषणा गरी सुरक्षा निकाय र निर्वाचन आयोगसँगसमेत छलफल गरिसकेको उनले बताएका छन् ।

‘निर्वाचन हुन्छ, सबै लागौं, मतभेदका जे–जे कुरा छन्, त्यो सबै निर्वाचनको परिणामले मिलाउँछ,’ पोखरेलले भने, ‘निर्वाचनबाट भाग्ने कुरै छैन ।’ ताजा जनादेशका लागि प्रधानमन्त्रीले सर्वोच्चलाई जवाफ दिइसकेकाले अदालत ‘दायाँबायाँ’ नहुने पनि उनले बताएका छन् ।

नेकपा विभाजनमा कात्तिक २८ गतेको पुष्पकमल दाहालको आरोपपत्र नै मुख्य कारण भएको पोखरेलको भनाइ छ । पार्टी एकता टुट्दा सबैभन्दा घाटा दाहाललाई नै हुने भन्दै आफूले उनीसँग कुरा गरेको पनि पोखरेलले बताएका छन् ।

Total Page Visits: 9 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्