काठमाडौं, पुस २२ (ससं)। गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ।
रत्ननगर नगरपालिका–७ बस्ने ४२ वर्षीया माया तामाङको गैँडाको आक्रमणबाट मृत्यु भएको हो । उनको मंगलबार दिउँसो मृत्यु भएको हो।
चितवन राष्ट्रिय निकुञ्जमा घाँस काट्न गएको अवस्थामा गैंडाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Total Page Visits: 6 - Today Page Visits: 1