Tuesday, March 2Nepal News Portal
Shadow

काठमाडौं, पुस २२ (ससं) । रेलिङ बनाउँदै गर्दा घरको छतदेखि खसेर भक्तपुरमा एकजनाको मृत्यु भएको छ।

सूर्यविनायक नगरपालिका ६ पाण्डुबजार हाइट बस्ने गोविन्दराज कर्णिकारको घरको दोस्रो तलामा रेलिङ बनाउँदै गर्दा खसेर ४५ वर्षीय राजन खड्काको आज मृत्यु भएको हो।

छतदेखि खसेपछि उनी गम्भीर घाइते भएका थिए। उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

रेलिङ बनाउने जिम्मा पाएका ठेकेदारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मृतक खड्का रामेछापको फुलासी गाउँपालिका ९ का हुन्। उनी सूर्यविनायक नगरपालिका ६ को चुनदेवीमा बस्दै आएका थिए।

Total Page Visits: 3 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्