Monday, March 8Nepal News Portal
Shadow

भक्तपुर नगरपालिकाका विद्यालय माघ १ बाट पूर्ण रुपमा सञ्चालन हुने


काठमाडौं, पुस (ससं) । भक्तपुर नगरपालिकाभित्रका सबै विद्यालय आगामी माघ १ गतेदेखि पूर्णरुपमा सञ्चालन हुने भएको छ । नगरपालिकाको नगर शिक्षा समितिको बैठकले आगामी माघ १ गतेदेखि सबै विद्यालय पूर्णरुपमा सञ्चालन गर्ने निर्णय गरेको हो । जसअनुसार भक्तपुर नगरभित्रका विद्यालयहरुमा बालविकासदेखि कक्षा १२ सम्मका कक्षाहरु विद्यार्थीहरुको भौतिक उपस्थितिमा सञ्चालन हुने भएको छ ।

यसअघि नगरपालिकाले गत पुस १ गतेदेखि नगरका सामुदायिक र संस्थागत विद्यालयका कक्षा ८, ९ र १० सञ्चालन गर्ने अनुमति दिएको थियो । सो अनुमतिसँगै नगरभित्रका विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुँदै आएको छ ।

 

Total Page Visits: 3 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्