Saturday, February 27Nepal News Portal
Shadow

सिंगटी हाइड्रोले १४ लाख ५० हजार कित्ता आईपीओ जारी गर्ने


काठमाडौं, पुस २४ (ससं) । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आगामी माघ ४ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्र दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरुका लागि रु. १०० अंकित दरमा १४ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

कम्पनीले निष्कासन गर्न लागेको आइपीओमा स्थानीयले छिटोमा माघ ४ गतेदेखि १८ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा फागुन ३ गतेसम्म आवेदन दिन पाइने छ । आइपीओमा स्थानिय बासिन्दाले न्युनतम १० कित्तादेखि २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

सार्वजनिक निष्काशन गर्नका लागि गराइएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेड रहेको छ ।

Total Page Visits: 3 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्