Monday, March 8Nepal News Portal
Shadow

उपत्यकामा वायु प्रदूषण फेरि ह्वात्तै बढ्न सक्ने सम्भावना


काठमाडौं, पुस २४ (ससं) । उपत्यकामा ह्वात्तै बढेको वायु प्रदुषण घट्दै गएको छ । उपत्यकामा मंगलबार वायु प्रदूषण अहिलेसम्मकै उच्च भएपछि वन तथा वातावरण मन्त्रालयले सर्वसाधारणलाई सचेत रहने आग्रह गरेको थियो । पौष २० गतेदेखि मौसममा आएको परिवर्तनले ह्वात्तै बढेको उपत्यकाको वायु प्रदूषण अहिले भने क्रमशः घट्दै गएको वातावरण विभागले जनाएको छ ।

मंगलबार उपत्यकाको वायुमण्डल अहिलेसम्मकै दुषित भएर वायु गुणस्तर सूचकाङ्कको तह ५०० पुगेको थियो । अहिले प्रदुषण सूचकाङ्क घट्दै गएपनि मौसम फेरवदल हुने देखिएकाले सचेत रहन विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले बताएका छन् ।

Total Page Visits: 27 - Today Page Visits: 2
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्