Friday, March 5Nepal News Portal
Shadow

१०७ किलो लागुऔषध सहित ट्रक चालक पक्राउ


काठमाडौं, पुस २४ (ससं) । वीरगञ्जबाट १०७ किलो लागुऔषध चरेससहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुर गण्डक ड्राईपोर्ट सडकखण्डबाट उक्त चरेस बरामद गरेको हो।

चरेस राखेर ल्याउँदै गरेको कन्टेनरसहित कन्टेनरका चालक मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ घर भएका रविन तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

मकवानपुरको पालुङबाट वीरगञ्ज आएको ना ६ ख ५६४३ नम्बरको कन्टेनरबाट सो परिमाणको चरेस प्रदेश २ प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको पर्साका प्रहरीले जानकारी दिएका छन्।

Total Page Visits: 2 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्