Saturday, March 6Nepal News Portal
Shadow

२४ घण्टामा थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, पुस २५ (ससं) । पछिल्लो २४ घण्टामा थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा कूल संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ६९९ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ६८१ रहेको छ ।

 

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ७४ हजार ५६१ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २६२ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ३ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९१२ जना रहेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा उपत्यकामा थप १९४ कोरोना संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । संक्रमित पुष्टि हुनेमा ९१ जना महिला र १०३ पुरुष रहेका छन् । काठमाडौंमा १५३, भक्तपुरमा १८ र ललितपुरमा २३ जना नयाँ संक्रमित थपिएका हुन् ।

Total Page Visits: 5 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्