Tuesday, March 2Nepal News Portal
Shadow

कोरोनाविरुद्धको खोप कहिलेसम्म आउँछ नेपालमा?


काठमाडौं, पुस २६ (ससं) । कोरोना भाइरस विरुद्धका  अहिलेसम्म स्वीकृति भएका खोप दुई डोज दिनु पर्ने छन् । अहिलेसम्मको अवस्था हेर्दा नेपालले पनि पहिलो र दोस्रो गरि दुई डोज दिनु पर्ने सम्भावना धेरै देखिएको छ।

कोरोना भाइरसविरुद्धको फाइजरको खोपले बेलायतमा स्वीकृती पाएको एक महिना बढि भयो। पहिलो खोप लगाएका धेरै देशहरुले अहिले दोस्रो डोज सुरु गरिसकेका छन्।

अन्य देशहरुले खोपको दोस्रो डोज सुरु गर्दासम्म पनि नेपालले भने तयारीमा जुटिरहेको बताएको छ।

खोप नेपालमा ल्याउनका लागि आफूहरु जतिसक्दो चाँडो हुने गरि तयारीमा जुटिरहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले बताएका छन्।

उनले भने, ‘लगभग हाम्रो तयारी सकिएको छ। सरकारले फगुनसम्ममा खोप ल्याउछौँ भनिरहेको छ। एकैपटक ७२ प्रतिशतलाई पुग्ने गरि ल्याएर भण्डारण गर्ने क्षमता छैन। खोप ल्याए पनि लगाउन सकिँदैन। त्यसैले क्याटागोराइज गरेर ल्याइने छ।’

डा.अधिकारीका अनुसार पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्ने व्यक्तिहरुका लागि ल्याइने छ र त्यसपछि क्रमशः खोप ल्याइने छ।

यस्तै जनसंख्याको २० प्रतिशतलाई खोप लगाउनका लागि गावी र विश्व स्वास्थ्य संगठन मिलेर ‘कोभ्याक्स सुविधा’ अन्तर्गत नेपालमा अमेरिकी र जर्मन कम्पनीहरूले संयुक्त रूपमा विकास गरेको खोप सबैभन्दा पहिले आउन सक्ने सम्भावना रहेको बताइए पनि यस विषयमा औपचारिक निर्णय भने भैसकेको छैन।

‘कोभ्याक्स अन्तर्गत’ सहज रूपमा उपलब्ध हुन्छ त्यो लिँदै जाने गरि तयारी भएको उनी बताउँछन् ।

सबै जनसंख्यालाई पुग्ने गरि माइनस ८० डिग्रीमा भन्दा तलको तापक्रममा राख्ने खोपको व्यवस्थापन नेपालमा त्यति सहज छैन ।

गएको शुत्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य सेवा विभागलाई नेपालमा कोरोना भाइरसविरुद्धको खोप आएको दुई दिनभित्र स्वास्थ्यकर्मीलाई लगाउने र एक हप्ताभित्र ७० वर्षभन्दा माथिका नागरिकलाई लगाउने गरि तयारी गर्न निर्देशन दिएका थिए।

अहिलेसम्म खोपका लागि खासै तयारी नभएको भन्दै त्रिपाठीले छिटोभन्दा छिटो खोप ल्याउनका लागि सम्पूर्ण तयारी पूरा गर्न विभागलाई निर्देशन दिएका थिए।

Total Page Visits: 3 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्