Monday, March 8Nepal News Portal
Shadow

राष्ट्रिय सभाको सातौं अधिवेशन आजै अन्त्य हुने


काठमाडौं, पुस २६ (ससं) । राष्ट्रिय सभाको सातौं अधिवेशन आजै अन्त्य गर्ने तयारी सरकारले गरेको छ । आजको बैठकमा प्रधानमन्त्री  ओलीले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी सरकारले गरेको हो ।

प्रधानमन्त्री निवासमा आज बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
राष्ट्रियसभाका अध्यक्षले आज बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा राष्ट्रियसभा बैठक आजै अन्त्य हुनेबारे संकेत गरेका हुन् ।

नेपाली कांग्रेसका सांसद प्रकाश पन्थका अनुसार राष्ट्रिय सभाका अध्यक्षले राष्ट्रपति कार्यालयबाट पत्र आउने तयारीबारे बैठकमा जानकारी दिएको बताएका छन् ।

Total Page Visits: 3 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्