Saturday, February 27Nepal News Portal
Shadow

‘अहिले स्थिरताको स्थिति हो, कसैले चाहेर पनि मलाई हटाउन सकेन ’ : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले चाहेर पनि आफूलाई हटाउन नसकेको भन्दै यही स्थिरता र स्थायित्व भएको बताएका छन् ।
आइतबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव हुनु अस्थिरता नभएको बताएका छन् ।
‘संवैधानिक बाटोबाट जाँदा अस्थिरता भनिँदैन,’ उनले भने, ‘अस्थिरता त्यतिबेला हुन्छ, जतिबेला बाह्य शक्तिको इशारामा जब देशका शक्तिहरु गोटी बन्न थाल्छन्, राष्ट्रिय रजनीतिलाई अस्वस्थतातिर धकेल्न थाल्छन्, विकासका काममा व्यवधान गर्न थाल्छन् र निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिन थाल्छन् ।’

ओलीले भने, ‘अहिले स्थिरताको स्थिति हो, कसैले चाहेर पनि प्रधानमन्त्री हटाउन सकेन ।’

Total Page Visits: 3 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्