Tuesday, March 9Nepal News Portal
Shadow

सार्वजनिक जग्गा व्यक्तिका नाममा गर्ने नापी कार्यालय प्रमुख सहित १७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं, पुस २६ (ससं) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा व्यक्तिको नाममा गर्ने ललितपुरका तत्कालिन नापी कार्यलय प्रमूख बुद्धिमान जैसी लगायत १७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मुद्दा दायर गरिएकामध्ये १७ जनासँग कूल ८ करोड ९ लाख ३४ हजार ६८७ रुपैयाँ ५२ पैसा बिगो दाबी गरिएको छ।

अख्तियारका अनुसार तत्कालिन ललितपुर नापी कार्यालय प्रमूख जैसी, नापी अधिकृत बालेश्वर यादव र सर्वेक्षक केशव थापा मगरसँग २ करोड २ लाख ३३ हजार ६७१ रुपैयाँ ८८ पैसा बिगो दाबी गरिएको छ।

ललितपुर मालपोत कार्यालयका तत्कालिन कार्यालय प्रमूख बाबुराम खनाल, नासु ख्यामनारायण पौडेल, नासु दिनेश न्यौपाने र खरिदार आत्माराम लुइटेलसँग २ करोड २ लाख ३३ हजार ६७१ रुपैयाँ ८८ पैसा बिगो माग गरिएको छ।

युरो हाउजिङ डेभलपर्स प्रालि र युरो ल्याण्ड डेभलपर्स प्रालिका सञ्चालक गुणिकाजी मानन्धर, योगेश्वरकृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टंकबहादुर श्रेष्ठ, गोपालदाश मानन्धर, वविन मानन्धर र उज्जवल मानन्धरसँग गरी २ करोड २ लाख ३३ हजार ६७१ रुपैयाँ ८८ पैसा बिगो दाबी गरिएको छ।

यस्तै, काठमाडौं अस्पताल प्रालिका सञ्चालकहरु डा। इश्वरलाल आचार्य, डा। दुर्गामान जोशी र दुर्गेशनन्दिनी भट्टचनसँग गरी २ करोड २ लाख ३३ हजार ६७१ रुपैयाँ ८८ पैसा बिगो मागिएको छ।

ललितपुरको साविक हरिसिद्धी गाविस वडा नं.१ स्थित खोला आसपासको सरकारी जग्गा यूरो हाउजिङ डेभलपर्स कम्पनीले मालपोत र नापी कार्यालयका केही कर्मचारीसँग मिलेमतो गरी आफ्नो नाममा गर्न लागेको भन्ने उजुरी परेपछि अख्तियारले सो घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।

अनुसन्धानका क्रममा उनीहरुले ८ रोपनी १२ आना ३ पैसा २ दाम सरकारी जग्गा हिनामिना गरेको पुष्टी भएपछि आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। कर्मनासा खोला किनारको जग्गा हाउजिङको नाममा पास गरिदिने १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, पुस २५ (ससं) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको कर्मनासा खोला आसपासको सरकारीरसार्वजनिक जग्गा हाउजिङको नाममा पास गरिदिएको आरोपमा ललितपुरका तत्कालीन नापी कार्यालय प्रमुख बुद्धिमान जैसीसहित १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले नापी कार्यालय ललितपुरका कार्यालय प्रमुख जैसीसहित नापी अधिकृत बालेश्वर यादव र सर्भेक्षक केशव थापा मगर, मालपोत कार्यालय ललितपुरका तत्कालीन कार्यालय प्रमुख बाबुराम खनाल, नासु ख्याम नारायण पौडेल, नासु दिनेश न्यौपाने र खरिदार आत्माराम लुईटेलविरुद्ध मुद्दा दायर गरेको हो ।
यसैगरी अख्तियारले यूरो हाउजिङ्ग डेभलपर्स प्रालि, यूरो ल्याण्ड डेभलपर्स प्रालिका संचालकहरू गुणीकाजी मानन्धर, योगेश्वर कृष्ण पराजुली, कृष्ण राज श्रेष्ठ, टंक बहादुर श्रेष्ठ, गोपालदाश मानन्धर, वविन मानन्धर र उज्जल मानन्धर तथा काठमाडौं अस्पताल प्रालिका सञ्चालकहरू डा। ईश्वरलाल आचार्य, डा. दुर्गामान जोसी र दुर्गेस नन्दिनी भट्टचनविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

अख्तियारले उनीहरुविरुद्ध कूल २ करोड २ लाख ३३ हजार ६ सय ७१ रुपैयाँ विगो दाबीसहित आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

Total Page Visits: 23 - Today Page Visits: 3
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्