Friday, March 5Nepal News Portal
Shadow

आज सुनको मूल्य तोलामा कति?


काठमाडौं, (ससं) । नेपाली बजारमा सोमबार(आज) पनि सुनको मूल्य घटेको छ । आइतबार (हिजो) तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर सोमबार तोलामा ९२ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।
यसअघि शुक्रबार छापावाल सुन तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै सोमबार तेजावी सुन तोलामा ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १२७० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर १२३० रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Total Page Visits: 3 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्