काठमाडौं, (ससं) । लघुवित्त वित्तीय संस्थाका लागि पुनर्कर्जा आवेदन खुल्ला भएको छ । लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकमा आवेदन दिनुपर्ने छ । आवेदनको दिने अन्तिम समय माघ १२ गतेसम्म तोकिएको छ ।
आवेदनका लागि लघुवित्तलाई सात वटा शर्त तोकिएको छ । जसमा संस्थाले माग गर्ने कुल पुनर्कर्जाको रकम अघिल्लो त्रैमासको पुँजीकोषको अधिकतमा ६५ प्रतिशतसम्म हुनुपर्नेछ ।
पुँजीकोष अुनपात राष्ट्र बैंकले तोकेबमोजिम हुनपर्नेछ भने योजना हनुसार चुक्ता पुँजी पुगेको, विगत तीन वर्षभित्र संस्थाका सञ्चालक समितिका पदाधिकारी तथा कार्यकारी प्रमुखलाई कुनै कारबाही नभएको, आफ्नो कार्यक्षेत्र भन्दा बाहिर कर्जा प्रवाह नगरेको हुनुपर्ने छ ।
यस्तै विगत एक वर्षमा राष्ट्र बैंकबाट सिघै सुधारात्मक लगायत कुनै पनि कारबाहीमा नपरेको र पुर्नकर्जा प्राप्त गर्ने प्राप्त स्रोतको आधारमा सम्पूर्ण ऋणीको ब्याजदर कम हुने गरी ब्याजदरमा समायोजन गर्नुपर्ने लगायतका शर्त पुरा गरेका लघुवित्त पुर्नकर्जाका लागि योग्य हुने राष्ट्र बैंकको भनाई रहेको छ ।
पुनर्कर्जाको ब्याजदर ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म हुनेछ । पुनर्कर्जाको अवधि १ वर्ष मात्रै तोकिएको छ ।