Saturday, February 27Nepal News Portal
Shadow

अनिश्चितकालका लागि चालक अनुमतीपत्रको लिखित र ट्रायल दुबै परीक्षा स्थगित


काठमाडौं, (ससं) । यातायात व्यवस्था विभाग बागमती प्रदेश अन्तर्गतको चाबहिल यातायात कार्यालयले अनिश्चितकालका लागि चालक अनुमतीपत्र (लाइसेन्स) को लिखित र ट्रायल दुबै परीक्षा स्थगित गरिएको जनाएको छ ।
सोमबार (आज) एक सूचना जारी कार्यालयले परीक्षा निगरानीका लागि ट्राफिक प्रहरी नखटाइएकाले सोमबार देखि नै अनिश्चितकालका लागि चालक अनुमतीपत्र को लिखित र प्रयोगात्मक दुबै परीक्षा स्थगित गरिएको जनाएको हो ।

लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षाका लागि कार्यालयको संयोजकत्वमा महानगरीय ट्राफक प्रहरीको प्रतिनिधिमुलक भूमिका रहदै आएकोमा महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट पुस २७ गते प्रतिनिधि ट्राफिक प्रहरी उपलब्ध नहुने व्यहोरापत्र प्राप्त भएकाले आजैदेखि अर्को सूचना प्रकाशित नहुँदासम्मको लागि कार्यालबाट संचालन गरिने लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित गरिएको छ’ कार्यालद्धारा जारी सूचनामा भनिएको छ ।

Total Page Visits: 2 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्