Saturday, March 6Nepal News Portal
Shadow

आज ४८८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, (ससं) । पछिल्लो २४ घण्टामा ४८८ जनामा कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा
कूल संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ५१३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ३७३ छ ।

 

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ८७ हजार ५५५ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३७ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा १० को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९२७ जना रहेको छ ।

Total Page Visits: 6 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्