Tuesday, March 2Nepal News Portal
Shadow

पाठयक्रमको मुद्दा हेर्दाहेर्दै राखियो


काठमाडौं, (ससं) । सर्वोच्च अदालतमा विद्यालय तहको पाठ्यक्रम सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । सोमबार (आज) न्यायधिश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासमा सुनुवाइको लागि पेश भएको थियो ।

बहस नसकिएका कारण हेर्दाहेर्दैमा राखिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिएका छन् । ‘आज बहस सकिएन, भोलि पनि सुनुवाईको लागि इजलासमा पेश हुन्छ, त्यसपछि केहि आदेश आउन सक्छ,’ उनले भने । शैक्षिक सत्रको मध्यतिर नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने कि नगर्ने भनि दर्ता भएको मुद्दाले शैक्षिकसत्र नै गुम्ने जोखिम बढ्दै गएको छ । विद्यार्थी, शिक्षक र शिक्षा मन्त्रालयका अधिकारीहरुले नयाँ वा पुरानो कुन पाठ्यक्रम लागू गर्ने अदालतले शिघ्र निर्क्योल हुनुपर्ने बताएका छन् ।

पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालय तहको नयाँ पाठ्यक्रम पारुप स्वीकृत गरेपछि देशभरका अधिकांश शिक्षण संस्थामा त्यहिअनुसार पठनपाठन भइरहेको छ । चालू शैक्षिक सत्रमा कक्षा १ र ११ मा लागू भइसकेको पाठ्यक्रम कार्यान्वयन नगर्न सर्वोच्च अदालतमा मुद्दा परेको थियो । असोज २८ मा संविधानको अनुसूची ८ मा स्थानीय तहको एकल सूची तथा स्थानीय सरकारको अधिकार क्षेत्रमा केन्द्रले पाठ्यक्रम प्रारूप तयार गरेको दाबी गर्दै निवेदन दर्ता भएको थियो ।

सर्वोच्चले कात्तिक १९ गते ‘पाठ्यक्रम प्रारूप कार्यान्वयन नगर्नु, यथास्थितिमा राख्नु’ भनि अन्तरिम आदेश दिएको थियो । उक्त मुद्दा हेर्न नभ्याइने र स्थगित भन्दै पटकपटक पर धकेलिदै आएको थियो । अदालतले कार्यान्वयन नगर्न आदेश दिएपनि विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार पाठ्यपुस्तक किनेकाले त्यहिअनुसार अधिकांश विद्यालयमा पठनपाठन हुँदै आएको छ ।

Total Page Visits: 5 - Today Page Visits: 2
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्