Thursday, March 4Nepal News Portal
Shadow

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको नयाँ शुल्क तोक्यो


काठमाडौ, (ससं) । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (एमडी र एमएस तथा एमडीएससहित) को शुल्क तोकेको छ ।

एमडी–एमएस क्लिनिकल तथा एमडीएस क्लिनिकलको अध्ययन शुल्क २२ लाख ९९ हजार रुपैयाँ तोकिएको हो । त्यस्तै एमडी–एमएस बेसिक साइन्स (ननक्लिनिकल) र एमडीएस ननक्लिनिकल अध्ययन गर्नका लागि १० लाख ४८ हजार १ सय ३५ रुपैयाँ तिर्नु पर्ने छ।

एमडी आयुर्वेद पढ्न ९ लाख २४ हजार ३ सय ६५, एमएनरएमएस्सी नर्सिङका लागि ८ लाख ८८ हजार २ सय ५०, एमपीएचका लागि पनि ८ लाख ८८ हजार २ सय ५० र एमफर्माका लागि ५ लाख १ हजार ६ सय रुपैयाँ शुल्क तोकिएको छ।

यस्तै एमएस्सी एमएलटी, एमएस्सी एमआईटी, एमएस्सी मेडिकल माइक्रोबायोलोजीरबायोकेमेस्ट्री र एमएस्सी बेसिक साइन्स अध्ययन गर्न समान ७ लाख ३१ हजार ५०० रुपैयाँ शुल्क तिर्नु पर्ने छ।

एमफिल क्लिनिकल साइकोलोजीका लागि २ लाख ९३ हजार ६४५ रुपैयाँ शुल्क निर्धारण गरिएको आयोगले जानकारी दिएको हो।

Total Page Visits: 3 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्