Saturday, February 27Nepal News Portal
Shadow

लकडाउँन डायरीः हाम्रो सोचाइमा परिवर्तन ल्याउँन आवश्यक


तिमी चिल्लो कार चडेर हिड्छौ तर सम्झिदैनौ त्यो कार बनाउँने मिस्त्रीको जिन्दगी कस्तो छ र कसरी चल्दैछ । तिमी चिल्लो कोट पाइट लगायर ठुलो समारोहमा सामेल भई सुन्दर देखीन्छौ तर अलिकति पनि याद गर्दैनौ कि त्यो लुगा सिलाउने दर्जी कसरी दमाई भयो जसले जीवनभर तिमीलाई तिम्रो इज्जत ढाक्न सहयोग गरिरहेछ ।

जब गरिबको घरमा धेरै भएको भात भुटेर खादा बासी भात हुन्छ र धनीको घरमा त्यही भात भुटेर खादा फ्राइ राइस हुन्छ । गरिबको घरमा कुखुराको अन्डा फ्राइ गर्दा बाबर बन्छ तर धनीको घरमा अम्लेट बन्दिन्छ ।

तिमी कपाल काट्ने हजमकोमा जान्छौं बिजोक भयको दारी कपाल थकित जिऊ मालिस गरि फर्कन्छौ तर अलिकति पनि सोच्दैनौ र सम्झिदैनौ कि तिमीले धोती भनेर इज्जत दिने हजमले नै तिमीलाई सुन्दर राख्न कति सहयोग गरेको छ । तिमी पैसावाल हौ धन सम्पत्ति भरिपुर्ण छ । तिमीसँग गाई भैसीको दूध पैसामा किनेर खान्छौ जसले तिमीलाई हृष्टपुष्ट बनाउछ । तर, त्यही गाई पाल्ने गोपीलाई कसैले फलानो गोठालो गाई चराउँने गोफ्ले भन्दा तिमी धज्जी उड्ने गरि हाँस्छौ । जब गरिबको घरमा धेरै भएको भात भुटेर खादा बासी भात हुन्छ र धनीको घरमा त्यही भात भुटेर खादा फ्राइ राइस हुन्छ । गरिबको घरमा कुखुराको अन्डा फ्राइ गर्दा बाबर बन्छ तर धनीको घरमा अम्लेट बन्दिन्छ ।

किन मानिसले आफ्नो सानो सानो कुरा याद गर्दैन किन सबै छिनभरमै भुल्छ ? ती गाई पाल्ने गोफ्ले कपाल काट्ने हजम गाडी बनाउने मिस्त्री किन भुल्छ त्यो लुगा सिलाऊने दर्जीलाई कतै यो हामी मान्छे हुनुको दोष नै त होइन कसैबाट इज्जत पाऊन आफुले पनि अरूको इज्जत गर्न सक्नुपर्यो । स्कूल पढ्दा सरले भन्नु हुन्थ्यो कि कसैबाट नमस्कार पाउँन सुरुमा आफूले नमस्कार गर्नु पर्छ मानिस बाध्य भएर पनि नमस्कार फर्काउने छन् ।

घमण्ड, ईष्या भेदभाव खुट्टा तान्ने, डाहा गर्ने तपाईं हाम्रो खराब नियतलाई सँधाको लागि बन्द गरौं र हामी मानिस सबैको अगाडी दोषी भएर भन्दा पनि सर्वश्रेष्ठ भएर बाचौं ।

एकपटक सोचौ हामी किन अरुलाई सम्मान गर्न र अरुलाइ इज्जत गर्न जान्दैनौ अरुले गरेको कामको किन सहि मुल्यांकन गर्न सक्दैनौं के जिन्दगीको सफलता खुसी आफ्नो मात्र हो त ? अरुले गरेको काम र त्यसको सफलतालाई कहिलेसम्म खुट्टा तान्ने हो ? यो एकपल्ट पाएको जिन्दगी अजम्मबरी हुँदै होइन । त्यसैले घमण्ड, ईष्या भेदभाव खुट्टा तान्ने, डाहा गर्ने तपाईं हाम्रो खराब नियतलाई सँधाको लागि बन्द गरौं र हामी मानिस सबैको अगाडी दोषी भएर भन्दा पनि सर्वश्रेष्ठ भएर बाचौं ।

Total Page Visits: 2 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्