Friday, March 5Nepal News Portal
Shadow

“आफ्नै घर जलाएर खरानीको टीका लगाए नेकपा नेताहरूले” : दीनानाथ शर्मा


काठमाडौं, (ससं)। नेपाल कम्युनिस्ट पार्टीका नेता तथा राष्ट्रियसभाका सदस्य दीनानाथ शर्माले नेकपाका नेताहरूले आफ्नै घर जलाएर खरानीको टीका लगाएको आरोप लगाएका छन् । पूर्वशिक्षामन्त्रीसमेत रहेका शर्माले एकआपसमा गाली गलौज र आक्रोस पोख्ने नाममा असभ्यताको सीमा ननाघ्‍नसमेत आग्रह गरेका हुन्।

हाल नेकपाको दुईमध्ये कुनै समूहमा पनि नरहेका उनले नेकपा आफ्नै अहमले विनासको बाटोतर्फ अघि बढेको बताएका छन्।
“नेताहरूको आक्रोस छताछुल्ल सडकमा पोखिँदै छ। तर यसले भोलि के असर पर्छ भन्ने बारेमा कसैको ध्यान गएको छैन,” उनले भने।

नेकपाको प्रचण्ड(नेपाल समूहले प्रधानमन्त्रीलाई ‘पदबाट हटाइदिन्छु’ भन्नु र प्रधानमन्त्रीले एकलौटी ढंगले संसद् विघन गर्नु दुवै अहम भएको उनले बताएका छन् ।

“यही अहम र इगोले नेकपामा विनास भएको छ,” नेता शर्माले भने, “आज नेताहरूको पछि(पछि लागेर कार्यकर्ताले चर्का कुरा गर्नु हुँदैन। भोलि नेताहरू मिल्दा नाराबाजी र गाली गर्नेहरू अलपत्र पर्छन्। नेताहरू स्वार्थ मिल्ने बेला मिलिहाल्छन् तर कार्यकर्ताले यो विषय नबुझेको जस्तो लाग्यो।”

Total Page Visits: 2 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्