काठमाडौं, (ससं) । महिला लघुवित्तले नयाँ शाखाका लागि विभिन्न दुई पदमा कर्मचारीको माग गरेको छ । लघुवित्तले वरिष्ठ सहायक (शाखा कार्यालय प्रमुख) र कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा केहि कर्मचारी माग गरेको हो ।
वरिष्ठ सहायक पदका १० +२ वा सो सरहको परिक्षा उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थाको न्यूनतम सहायक श्रेणीमा २ वर्षको अनुभव भएको हुनु पर्ने लघुवित्तले जनाएको छ ।
त्यस्तै कनिष्ठ सहायक प्रशिक्षर्थी पदका लागि एस।एल।सी। वा ए.स.ई.ई. परीक्षामा कम्तिमा १.६ जी.पी.ए. प्राप्त वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने छ ।
इच्छुक योग्यता पुगेका १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेका (महिलाको हकमा ५ वर्ष थप) नेपाली नागरिकले आवेदन दिन सक्ने छन् ।
लघुवित्तले पुस २७ गतेदेखि माघ १२ गते सोमबार सम्म दरखास्त दिन भनेकोे छ ।