काठमाडौं, (ससं) । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय विवरणअनुसार आज ४ हजार १५४ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा १९ लाख ९७ हजार ९ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। केही दिनयता नेपालमा पिसिआर परीक्षणको सङ्ख्या घट्दै गएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार १४३ पुगेको छ।
Total Page Visits: 6 - Today Page Visits: 1