Sunday, March 7Nepal News Portal
Shadow

अमेरिकामा कामदार पठाउन सक्ने योग्य देशको सूचिमा नेपाल समावेश


काठमाडौं,(ससं)  संयुक्त राज्य अमेरिकाले अस्थायी कृषि कामदार र अस्थायी गैरकृषि कामदारको सूचि सार्वजनिक गरेको छ जसमा नेपाल  पनि समावेश भएको छ । यो कार्यक्रमलाई एचटुए र एचटुबी भनिन्छ । आगामी जनवरी १९ देखि लागु हुने यो कार्यक्रमका लागि २०२१ को भिसा कार्यक्रममा सहभागी हुने योग्य देशको सूचि सार्वजनिक गरिएको हो ।

केही देशले अस्थायी कृषि कामदार मात्र पठाउन पाउनेछन् भने केहीले अस्थायी गैरकृषि कामदारपठाउँन पाउँनेछन् । केही देशहरु दुबै कार्यक्रममा कामदार पठाउन योग्य हुने भएका छन् । २०२१ को लागि फिलिपिन्सलाई एचटुबी कार्यक्रममा समावेश गरिएको छ भने सामाओ र टोंगालाई दुबै कार्यक्रमबाट हटाइएको छ । कृषि कामदार पठाउन पाउने सूचिमा नेपाललाई समावेश भने गरिएको छैन ।

यो सूचि अद्यावधिक गर्ने काम चाहिँ अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले गर्छ । तर, नेपालीहरु स्वतः योग्य हुने नभई युएससीआइएसले निधो गरेर मात्र भिसा दिने भएको छ । आर्थिक वर्ष २०२० मा ५१७ जनाले एच श्रेणीको कामदार भिसा प्राप्त गरेका थिए ।

Total Page Visits: 2 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्