काठमाडौं, (ससं) । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल आज सुनको मूल्य तोलामा चार सयका दरले बृद्धि भएको हो। आज छापावाल सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
यस्तै अघिल्लो दिन ९१ हजार ६ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज प्रतितोला ९२ हजार रुपैयाँ पुगेको छ।
त्यस्तै चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।
Total Page Visits: 2 - Today Page Visits: 1