Monday, March 8Nepal News Portal
Shadow

प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने विरोधमा डा. गोविन्द केसी सडकमा


काठमाडौं, (ससं) । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको विरोधमा प्राध्यापक डा. गोविन्द केसी सडकमा आएका छन् । नागरिक समाजद्वारा आयोजित राजधानीको माइतीघरमा भएको प्रदर्शनका क्रममा डा केसी पनि सहभागी भएका हुन् ।

सहभागीहरुले प्रधानमन्त्री केपी ओलीलाई निरंकुश शासकको संज्ञा दिँदै ‘नागरिक अघि बढ्दैछ, लुटतन्त्र ढल्दैछ, प्रतिनिसधसभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन’लगायतका नारा प्रदर्शन गरेका थिए । प्रधानमन्त्रीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि देशैभर विरोधको स्वर चर्को देखिएको छ ।

Total Page Visits: 5 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्