Thursday, March 4Nepal News Portal
Shadow

रहेनन् बरिष्ठ अभिनेता इन्द्रजीत देव


काठमाडौं, (ससं) । बंगाली फिल्मका बरिष्ठ अभिनेता इन्द्रजीत देवको निधन भएको भारतीय मिडियाले जनाएका छन् । ७३ वर्षीय देवको हृदय घातको कारण शनिबार निधन भएको जनाइएको हो । इन्द्रजीतमा मृगौलाको समस्या पनि रहेको थियो । यसको अलवा उनी अन्य केही गम्भिर रोगको सामना पनि गर्दै आएका थिए ।

इन्द्रजितको शनिबार कोलकाताको गोलपार्कस्थित आफ्नै निवासमा निधन भएको भारतीय मिडिया आजतकले जनाएको छ । गत वर्ष अभिनेताकी श्रीमतीको पनि निधन भएको थियो ।

त्यसपछि उनी घरमा एक्लै रहँदै आएका थिए । उनको कुनै सन्तान भने छैनन् । इन्द्रजितले अभिनयको सुरुवात बंगाली सिरियल ‘तेरो परबोन’ बाट गरेका थिए । त्यसपछि उनले सिरियल र फिल्म थुप्रै अभिनय गरेका छन् ।

Total Page Visits: 2 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्