Monday, May 10Nepal News Portal
Shadow

भारतको २०२१/२२ को बजेट सार्वजनिक


काठमाडौं, (ससं) । भारतले आर्थिक वर्ष २०२१/२२ को बजेट सार्वजनिक गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले सोमबार (आज) पहिलोपटक ट्याबलेटबाट पेस गरिएको हो । सोमबार बजेट भाषणको क्रममा सबै सांसदलाई पनि बजेटको डिजिटल कपी दिइएको थियो ।

बजेट भाषणको क्रममा सितारमणले भारतले एकसयभन्दा धेरै मुलुकलाई कोरोना खोप दिने बताएकी थिइन् । कोरोना महामारी अहिले विश्वभर फैलिएको अवस्थामा भारतले खोपका लागि तीन खर्ब ५० अर्ब भारु छुट्याएको छ । भारतले यस वर्षको स्वास्थ्य बजेट १३७ प्रतिशत बढाउँदै २२ खर्ब ३८ अर्ब ४६ करोड पुर्‍याएको छ ।
भारतले बीमा कम्पनीमा वैदेशिक लगानीको सीमा ४९ प्रतिशतबाट बढाउँदै ७४ प्रतिशत पुर्‍याउने बताएको छ । साथै सरकारी बैंकहरुलाई दुई खर्ब राहत दिने निर्णय गरेको छ । त्यस्तै वायुप्रदूषण नियन्त्रणको लागि २२ अर्ब १७ करोड भारु छुट्याइएको छ । त्यस्तै सन् २०२२ सम्म किसानहरुको आम्दानी दोब्बर बनाउने भारतको योजना रहेको छ ।

Total Page Visits: 74 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्