Tuesday, March 2Nepal News Portal
Shadow

सिद्धार्थ बैंकमा अनलाइनबाट डेबिट कार्ड आवेदन दिन सकिने


काठमाडौं, (ससं) ।सिद्धार्थ बैंक लिमिटेडले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई छिटो, छरितो तथा सहज सुविधा उपलब्ध गराउने उद्देश्यले अनलाइन मार्फत डेबिट कार्ड आवेदन दिन सकिने व्यवस्था ल्याएको छ।

अब नयाँ डेबिट कार्ड लिनु परेमा, नविकरण गर्नु परेमा वा हराएको र बिग्रिएको कार्डको सट्टामा नयाँ बनाउन परेमा ग्राहकले भौतिक रुपमा बैंकसम्म उपस्थित नभई घरैबाट डेबिट कार्डका लागि आवेदन दिन सकिनेछ।

यसका लागि ग्राहकहरुले बैंकको वेबसाइटमा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाइन मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको हो।

कार्ड तयार भईसकेपश्चात बैंकले ग्राहकहरुलाई कार्ड संकलन गर्न एसएमएस मार्फत अनुरोध गर्ने छ। ग्राहकहरुले आवेदन दिँदा कार्ड संकलन गर्न छनोट गरिएको शाखाबाट डेबिट कार्ड संकलन गर्न सक्नेछन्।

बैंकले ल्याएको यस अनलाईन सुविधा मार्फत डेबिट कार्ड आवेदन दिन सकिने व्यवस्थाले ग्राहकहरु बैंकमा पुगेर लामो समयसम्म लाइनमा बस्नु नपर्ने र समयको बचत हुनुका साथै ग्राहकहरुलाई थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

Total Page Visits: 3 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्