Monday, March 8Nepal News Portal
Shadow

आज बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित


काठमाडौं, (ससं) । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । बुधबार (आज) का लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको हो ।
निर्वाचन घोषणा भएको अवस्थामा सरकार कामचलाउ भइसकेको र विगतमा गरेको नियुक्तिको सिफारिसमाथि नै प्रश्न उठिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ ५ बजे बैठक डाकेका थिए ।

राष्ट्रिय सभा सचिवालय स्रोतका अनुसार बुधबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।

उक्त बैठकमा पहिलो एजेन्डा संवैधानिक निकायमा नियुक्ति सिफारिस सम्बन्धमा र दोस्रो एजेन्डामा विविध उल्लेख थियो ।

Total Page Visits: 10 - Today Page Visits: 2
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्